महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे « Khabarhub

महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ ।

महिलाको नाममा घरजग्गा किनबेचमा २.५ प्रतिशत छुटको व्यवस्था भएसँगै यो संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार नौ सय १९ जनाले घरजग्गाको कारोबार गरेकोमा एक हजार एक सय ३६ जना महिलाको नाममा कारोबार भएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा एक हजार आठ सय ८२ जना महिलाको नाममा घरजग्गाको कारोबार भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए ।

सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दालगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ ।  महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे २.५ प्रतिशत छुट दिने व्यवस्था छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ४९ बजे

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’