सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल | Khabarhub Khabarhub

सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन्  । ज्ञानोदय माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन आग्रह गरे।

“दस वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,” मन्त्री पौडेलले भने, “१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ ।” उनले शिक्षकहरूका सेवा सुविधामा समस्यालाई सम्बोधन गर्न मन्त्रालयले निजामती कर्मचारी सरहको सेवा सुविधा दिने गरी प्रक्रिया अघि बढेको जानकारी दिए। मन्त्री पौडेलले एक सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेको र यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोडिने बताए।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने उदाहरण ज्ञानोदय भएको बताए।

नवनिर्मित ३५ कोठे विद्यालयको भवन निर्माण रु तीन करोड ५० लाख लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार काठमाडौँ महानगरपालिकाको रु एक करोड, महायज्ञबाट रु ६७ लाख, बागमती प्रदेश सरकारबाट रु ९० लाख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट रु २९ लाख, प्रदेश सांसद विकास कोषबाट रु ५० लाख, जिल्ला शिक्षा, समन्वय एकाइबाट रु २१ लाख सहयोग प्राप्त भएको थियो । उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक सो विद्यालयमा हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : १९ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको