नहरमा डुबेर एक बालकको मृत्यु « Khabarhub

नहरमा डुबेर एक बालकको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्।

आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको  स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : २५ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)