नेपाली राजनीतिबाट प्रदीप गिरीको महाप्रस्थान | Khabarhub Khabarhub

नेपाली राजनीतिबाट प्रदीप गिरीको महाप्रस्थान

जसले ज्यानै गुमाए, तर सरकारको ऋण लिएनन्


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली समाजका लागि प्रदीप गिरी एक दियो थिए । जो अनवरत बलिरहन्थे । बलिरहे पनि । नेपाली समाजबारे एउटा राजनीतिज्ञ भएर खुला किताबजसरी उनले बहस गरे । यसका लागि उनले आफैँलाई खुला किताब बनाए ।

अचेलका राजनीतिज्ञबाट यो सम्भव थिएन । कसैले आवश्यकता उनीहरुबाट खोजेन पनि । राजनीतिमा हुनुपर्ने निष्ठा, इमान्दारिता, सपना, संघर्ष र सहजता अचेलका कुनै पनि नेताहरुमा भेटिदैन ।

बरु भनिन्छ, नेताहरु जे बोल्छन्, त्यो गर्दैनन् । अनि जे गर्छन्, त्यो कहिल्यै पनि बोल्दैनन् ।

यही अवस्थाबाट गुज्रिएको नेपाली राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारीको स्वभाव तथा गुण बोकेका एक जिवित नेता थिए, प्रदीप गिरी ।

जो यसरी अचानक बिरामी भएर स्वर्गारोहण हुन्छन् भन्ने कसैले सोचेकै थिएनन् । नेपाली समाजका खुला किताब जसरी आफूलाई राजनीतिमा बालिरहेका गिरी अचानक यसरी बिदा भए । जसले उनको बिदाईको स्वीकार त के कल्पनासम्म पनि गरेका थिएनन् ।

तर जे नसोचेको हो, त्यही भयो । त्यो पनि अचानक । प्रदीप गिरी अचानक बिरामी भएको खबर फैलिएको थियो । विस्तारै त्यो खबर यति छिटो फैलियो, जतिबेला उनी स्वर्गलोकको यात्रा गर्न तम्सिसकेका थिए ।

यस्तो बेला उनको लागि प्रार्थना गर्ने नेपाली समाजको कमी रहेन । जसले नेपाली राजनीतिभित्रका सबै विकार ओकलिदिएका थिए । नेपाली समाजका समस्या सुनाउन एक नेताका रुपमा उनी काफी थिए । संसदमा आफ्नै नेताहरुको आलोचना गर्न डराउँदैन थिए ।

नेपाली कांग्रेसका शिखर पुरुष बिपी कोइरालासँग आँखा जुधाएर कुरा गर्न सक्ने क्षमताका प्रदीप गिरी, गिरिजाप्रसाद कोइराला, शुशिल कोइरालादेखि शेरबहादुर देउवासँग पनि डराएनन् । बरु नेपाली राजनीतिका शीर्ष तर धुर्त राजनीतिमा रमाउने नेताहरु उनीसँग डराउँथे ।

किनकी प्रदीप गिरी साँचो बोल्थे । एकदम साँचो । नेपाली जनताको आवश्कयता उनको मुखबाट सुनिन्थ्यो । नेताहरुको स्वार्थ र शिकार उनको मुखबाट सिधा बाहिर निस्कन्थ्यो । नेपाली नेताहरु जो पढ्दैन्थे । उनीहरुलाई समेत पढ्न मिल्ने र सिकाउने ज्ञान प्रदीप गिरीसँग थियो ।

जुन उनले सुनाए । जे उनले सिकाए । आज हजारौँ युवा राजनीतिज्ञ उनका विद्यार्थी भएका छन् । नेपाली राजनीतिका एउटा खुला किताब रहेका उनले आफूलाई यसरी अलप गराए । जसको कल्पनासम्म पनि गरिएको थिएन ।

नेपालका सबैजसो सार्वजनिक मञ्चहरुमा प्रदीप गिरी बोलिएका छन् । नेपालका सबैजसो विषयमा प्रदीप गिरी सुनिएका छन् । अनि नेपालका सबैजसो समस्यामा प्रदीप गिरीको समाधानमुलक चिन्ता अभिव्यक्त भएका छन् ।

जसले गर्दा आज प्रदीप गिरी अचानक महाप्रस्थान हुँदा पनि बिदाई गर्न नेपाली युवा पुस्ताको राजनीति तयार छैन । अझै धेरै पढिनुपर्ने प्रदीप गिरीको खुला किताब अचानक बन्द भयो । आफ्ना सबै निजी कुरालाई बेवास्ता गरेर सार्वजनिक बनिरहेका प्रदीप गिरीले कहिल्यै मन्त्री बन्न चाहेनन् । यतिसम्मकी उनी बिरामी हुँदा पनि उनले सरकारी आर्थिक सहयोग स्वीकार गरेनन् । अझ भनौँ सरकारी ऋण बोकेर उनी मर्न चाहेनन् । बरु हाँसी हाँसी ज्यानको आहुति दिलाउन तैयार भैदिए ।

पार्टीको आवश्यकता र रोजाईमा उनी पटक पटक सांसद भइरहे । सांसद बनेर पनि उनले कहिल्यै सांसदको पारा देखाएनन् । प्रवृत्ति समातेनन् । आफू एक सरल र सहज व्यक्तिका रुपमा सबैमाझ सार्वजनिक भइरहे । यो नै उनको सबैभन्दा ठूलो गुण थियो । जुन आज सबै नेपाली माझमा प्रस्तुत भइरहेको छ ।

यति धेरै त्यागी, यति धेरै निष्ठावान, यति धेरै आदर्श र यति धेरै जनताको आवश्यकतामा समर्पित राजनीतिज्ञ सायद नेपाली समाजले पाउने छैन । जति प्रदीप गिरी पाइएका थिए । नेपाली राजनीतिमा आदर्श राजनीतिको दियो बालिरहेको प्रदीप गिरीको जीवन चमक दिएर बल्दाबल्दै अचानक यसरी निभ्यो, जसले पूरा समाज शोकमा डुब्यो ।

अनि एउटा खुला किताब यसरी बन्द भयो, जो अब कहिल्यै खुल्ने छैन । अब उनको महाप्रस्थान यात्रालाई भन्नैपर्छ, नेपाली राजनीतिक आदर्श प्रिय पात्र प्रदीप गिरी अलबिदा ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ३५ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल