अदालतबाट रु १२ लाख जरिवना ठहर भएका थापा पक्राउ « Khabarhub

अदालतबाट रु १२ लाख जरिवना ठहर भएका थापा पक्राउ


५ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् ।

थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ९ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल