बाँदर नियन्त्रणका लागि बागमती प्रदेशले विशेष कार्यक्रम सञ्चालन गर्दै « Khabarhub

बाँदर नियन्त्रणका लागि बागमती प्रदेशले विशेष कार्यक्रम सञ्चालन गर्दै


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरुको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढी पीडितहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बागमती प्रदेशभित्रका सबै जिल्लाहरुमा कृषकहरुलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय धार्मिक लगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरु बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : २० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर