बाँदर नियन्त्रणका लागि बागमती प्रदेशले विशेष कार्यक्रम सञ्चालन गर्दै « Khabarhub

बाँदर नियन्त्रणका लागि बागमती प्रदेशले विशेष कार्यक्रम सञ्चालन गर्दै


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरुको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढी पीडितहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बागमती प्रदेशभित्रका सबै जिल्लाहरुमा कृषकहरुलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय धार्मिक लगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरु बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : २० बजे

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।