नेदरल्यान्ड्सविरुद्धको सिरिज पाकिस्तानद्वारा क्लिन स्विप « Khabarhub

नेदरल्यान्ड्सविरुद्धको सिरिज पाकिस्तानद्वारा क्लिन स्विप


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले तेस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।

नेदरल्याण्डको रोटरड्याममा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ९ रनले विजयी भएको हो । जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका टप कुपरले १ सय ५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । नसिम शाहले ओडिआई करिअरको पहिलो पटक पाँच विकेट लिएका हुन् । मोहम्मद वासिम जुयिनरले ४ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा अलआउट भएर २ सय ६ रन बनाएको थियो ।

उसका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद नवाजले २७ तथा फकर जमानले २६ रन बनाए । आगा सलमानले २४ रन बनाए । मोहम्मद वासिमले ११ रन बनाए ।

नेदरल्याण्डका लागि बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए । आर्यान दत्त,शारिज अहमद र लोगान भान विकले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : १२ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको