‘नागरिकता विधेयकमा राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भयो’ « Khabarhub

‘नागरिकता विधेयकमा राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भयो’


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक भएको दाबी गरेका छन्।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय राष्ट्र हित अनुकूल रहेको बताएका छन्।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान संरक्षकको जिम्मेवारी  निर्वाह भएको पनि जिकिर गरेका छन्। ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैङ्गिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्र हित अनुकूल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’ उनले लेखेका छन्।

 

प्रतिनिधिसभाको चालु अधिवेशन समाप्त भइसकेका नागरिकता विधेयक मंगलबार रातिबाट निष्क्रिय भएको बताइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ४५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष