युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गर्ने मस्कोको योजनामा पश्चिमा देशको विरोध « Khabarhub

युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गर्ने मस्कोको योजनामा पश्चिमा देशको विरोध


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मस्को – हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल तथाकथित जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन्। चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नगर्ने भनेर सोध्न मतदान बोलाएका छन्।

अमेरिका, जर्मनी र फ्रान्सले भनेका छन् कि उनीहरूले यस्तो ‘नक्कली’ मतपत्रको नतिजालाई कहिल्यै मान्यता दिने छैनन्। नेटो सैन्य गठबन्धनले यो योजनाले युद्धमा वृद्धि भएको जनाएको छ।

शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म निर्वाचन सञ्चालन गर्ने योजना पूर्वी क्षेत्र लुहान्स्क र दोनेत्स्कका साथै दक्षिणमा जापोरिज्जिया र खेरसनमा घोषणा गरिएको छ। रोयटर्सका अनुसार उक्त क्षेत्रले युक्रेनी भूभागको करिब १५ प्रतिशत वा हंगेरीको आकार बराबरको प्रतिनिधित्व गर्नेछ।

युद्धको बीचमा वैध र निष्पक्ष निर्वाचन गर्न सकिन्छ भन्ने सुझावलाई पश्चिमाहरूले खारेज गरेका छन्। जर्मन चान्सलर ओलाफ स्कोल्जले युद्धबीच जनमत संग्रह गर्ने रुसी योजनाको निन्दा गरे भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मस्कोको योजनलाई लोकतन्त्रको ‘प्यारोडी’ भनेका छन्।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले मतदानलाई कहिल्यै पनि मान्यता नदिने बताए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने