सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।  झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गीता चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही उपमहानगरपालिका-५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका-७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसा रहेकी छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगन्ज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका-१ बस्ने ५० वर्षीय बल बहादुर राई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : १९ बजे

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले