जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु | Khabarhub Khabarhub

जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ ।

कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतम बुद्ध विमानस्थलपछि चीन उडान सुरु गरेको हो । हाल यो कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयरबस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३३ बजे

ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी

नयाँदिल्ली – दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा

विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले टि २० क्रिकेट विश्वकपमा सहभागी

फिल्म ‘गाउँ आएको बाटो’ : प्रिमियरमा सहभागी हुन् नेपाल आइन् संगीतकार हाइडी

काठमाडौं । जेठ २५ बाट प्रदर्शनमा आउने ‘गाउँ आएको बाटो’को

पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर