जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु « Khabarhub

जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ ।

कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतम बुद्ध विमानस्थलपछि चीन उडान सुरु गरेको हो । हाल यो कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयरबस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३३ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी