जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु « Khabarhub

जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ ।

कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतम बुद्ध विमानस्थलपछि चीन उडान सुरु गरेको हो । हाल यो कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयरबस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३३ बजे

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका