डेँङ्गुका बिरामी बढ्दै « Khabarhub

डेँङ्गुका बिरामी बढ्दै


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए। उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मृत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

डेँङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँङ्गुको भाइरसबाट सङक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स-साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्कीमा यसले फूल पार्दछ । 

सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । यो भाइरस चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहर पानीमा पाइने भए पनि डेँङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : १९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी