ब्राजिलमा कन्टेनर डिपो भत्किँदा ९ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा कन्टेनर डिपो भत्किँदा ९ जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा एक कन्टेनर डिपो भत्किँदा नौ जनाको मृत्यु भएको छ । राज्यको इटापेसेरियाका डे सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको कन्टेनर डिपोको एउटा भाग भत्किँदा नौ जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको ब्राजिलका सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले जानकारी दिइन् ।

यही अक्टोबर २ मा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए ।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५३ बजे

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको