शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना « Khabarhub

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का अवसरमा आज काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस: युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, रुस: युद्ध रोक, शान्ति प्रवर्द्धन गर, रुस: युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देश: युद्ध निषेध लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

धर्ना पश्चात् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्नका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै आज नै शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्ध विराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रूपमा विश्व भरी शान्ति दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०८ बजे

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय