दाम्पत्य सम्बन्ध बिगार्ने ‘टूल’ बन्दैछ सामाजिक सञ्जाल | Khabarhub Khabarhub

दाम्पत्य सम्बन्ध बिगार्ने ‘टूल’ बन्दैछ सामाजिक सञ्जाल



तपाईंले कत्तिको सामाजिक सञ्जाल चलाउनु हुन्छ ? चलाउनु हुन्छ भने के–के उपलब्धि हासिल गर्नु भएको छ ? होइन भने तपाईंले सामाजिक सञ्जालमा खेर फालेको समय के फिर्ता पाउनु भएको छ ? अर्थात् यो समयमा तपाईंका लागि उपयोगी छ कि खराबी छ ? यी प्रश्नले तपाईले बारम्बार घोच्न सक्छ । किनकि सामाजिक सञ्जाल चलाउने धेरैको समय बर्बादी मात्रै भइरहेको छ ।

अहिले अधिकांश मानिसहरू फेसबुक, ट्वीटर, इन्टाग्राम तपाईं हाम्रै पहुँचमा छन् । यी माध्यमहरू आफैमा खराब छैनन् । डरलाग्दा होइनन् । किनभने कतिपय यही माध्यम अपनाएर सामाजिक सेवाका कामहरू पनि भइरहेका छन् । सामाजिक सञ्जालकै कारण धेरैले जीवनदान पनि पाएका छन् । कतिले भविष्य उज्ज्वल बनाएका छन् । कतिले अर्थोपार्जन गरेका छन् । कतिले नाम र पैसा दुवै कमाएका छन् ।

तर, अर्का थरी यस्ता समुह छन् । जसले सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका छन् । यिनीहरूको विकारग्रस्त मनोवृत्तिलाई सामाजिक सञ्जाल ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको छ । सामाजिक सञ्जालको दुरुपयोगले हाम्रै समाजलाई पनि नराम्रोसँग ध्वस्त बनाइरहेको छ । यसकै कारण कतिले भइरहेको घरपरिवार गुमाएका छन् भने कतिले आत्महत्याको बाटो रोजेका छन् ।

सामाजिक सञ्जालको ‘साइड इफेक्ट’ दाम्पत्य सम्बन्धमा पनि परेको छ । हुन त धेरै सम्बन्ध सामाजिक सञ्जालकै माध्यमाबाट जोडिएका छन् । जसले पारिवारिक बन्धन अर्थात् विवाह बन्धनमा पनि परिणत गरिदिएको छ । सामाजिक सञ्जालले नै उनीहरूलाई नजिक बनाई दिएको छ ।

तर, कतिपय दम्पतीको सम्बन्ध छुटाउने माध्यम पनि सामाजिक सञ्जाल नै बनेको छ । सामाजिक सञ्जालप्रतिको मोह र दुरुपयोगले कतिपय दम्पतीको शयन कक्ष समेत चिसो बन्दै गएको छ ।

त्यति मात्रै होइन, उनीहरूको सम्बन्ध टुटेको पनि छ । जीवनभर नछुट्ने कसम खाएर जोडिएका यस्ता सम्बन्धमा सामाजिक सञ्जाल त्यस्तो विकार बनेर प्रवेश गरेको छ । जसले उनीहरूलाई फेरि कहिल्यै नभेट्ने गरी अलग गराइदिएको छ ।

यही कारण राम्रो घरबार, छोराछोरी, परिवार विक्षिप्त बनाइदिएको छ । अहिले धेरैजसो दम्पती सामाजिक सञ्जालमा रमाइरहेका हुन्छन् । फेसबुक, ट्वीटरमा उनीहरू आफ्नो भावना व्यक्त गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमार्फत भर्चुअल साथीसँग अन्तर संवाद गरिरहेका हुन्छन् । यो क्रेज कतिसम्म छ भने उनीहरूले आफ्नो परिवार वा पार्टनरलाई समय दिन सकिरहेका छैनन् । वा आवश्यक ठानिरहेका छैनन्  । किनकि उनीहरूको सर्वे सवा केवल सामाजिक सञ्जाल बनेको छ ।

सामाजिक सञ्जालको बढ्दो क्रेजले दम्पतीको सम्बन्धलाई धरापमा पार्दै लगेको छ । यसले दाम्पत्य सम्बन्धमा दुरी पैदा गरेको छ । दिनरात मेहनत गरेर भविष्य बनाउने समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम हृवाट्सएप, युट्युब आदिमा समय बेत्तित गरेको मान्छे, अब आफ्ना महत्वकांक्षा पुरा गर्न गैरकानुनी कार्यमा संलग्न हुन्छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये प्रमुख माध्यम हो, फेसबुक । पछिल्लो समय भएका विभिन्न घटनाहरूमा फेसबुक र यस्तै सामाजिक सञ्जालको प्रयोगबाट भएको समेत पाइएको छ ।

चाहे ती बलात्कारका घटना हुन् वा चोरी र लुटपाटका कहीँ न कहीँ सामाजिक सञ्चालक दुरुपयोग त भएकै हुन्छ । पोखरामा छु, कन्याममा घुम्दै छु भन्दै हामीले फेसबुक तथा ट्वीटरमा स्ट्याटस मात्र लेखेका हुन्छौ ।

प्रत्यक्ष रूपमा हामीले आफन्तसँग खुसी त साट्छौँ । तर अप्रत्यक्ष रूपमा चोरहरूलाई निमन्त्रणा दिएका हुन्छौ, भन्दा फरक नपर्ला । ठुलो कुरा त फेसबुक चलाउनु, युट्युब च्यानल खोल्नु, भिडियो बनाउनु, भिडियो इडिट गर्नु, भिडियो अपलोड गर्नु होइन ।

ठुलो कुरा त त्यो हो दुनियाँका सामु सीप बिकाउन सक्नु, आफ्नो जीवन निर्वाह गर्नु, यति मात्रैमा सीमित होइन राष्ट्रका लागि इमानदार नागरिकको भूमिका निर्वाह गर्नु, राष्ट्रलाई केही योगदान दिन सक्नु ।

पछिल्लो समय सामाजिक सञ्जालमा आपसी सम्बन्ध सदुपयोग र दुरुपयोगको घटनाक्रम बढेका छन् । सामाजिक सञ्जाललाई माध्यम बनाएर मानिसहरूको चरित्रहत्या गर्नेदेखि मानिसहरूले मृत्युको मुखमा पुर्‍याउने काम गरिरहेका छन् ।

विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाउन थुप्रै कानुन निर्माण भएका छन् ।

यसका लागि विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । त्यसपछि विद्युतीय कारोबार नियमावली २०६४ प नबनेको छ ।

यसका अतिरिक्त समय–समयमा नेपाल सरकारले सामाजिक सञ्जालमा जथाभाबी पोस्टहरू नराख्न सूचना समेत दिने गरेको छ । अझ विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिमा आएको द्रुत विकास तर विकास सँगसँगै सार्वजनिक सञ्चारका साधन तथा मिडिया, फेसबुक, ट्विटर, इमो, भाइवर, मेसेन्जर जस्ता सामाजिक सञ्जालहरूको प्रयोगमा बढोत्तरी आएको भन्दै सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन, २०७५ पारित गरेको छ ।

तर पनि हाम्रो ध्यान त्यता गएको छैन । त्यसैले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्न सम्बन्धित निकायले तदारुकता देखाउन धेरै ढिला गर्नु हुँदैन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : १६ बजे

गण्डकीमा कर्मचारी व्यवस्थापन : मनोमानी सरुवा गर्ने, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउने 

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा