अमेरिकाको शिकागोस्थित आवासीय भवनमा विस्फोट हुँदा ८ जना घाइते « Khabarhub

अमेरिकाको शिकागोस्थित आवासीय भवनमा विस्फोट हुँदा ८ जना घाइते


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको इलेनाई राज्यको शिकागो सहरमा रहेको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका छन् ।

शिकागोको साउथ अष्टिन क्षेत्रमा अवस्थित ४ तल्ले आवासीय भवनमा विस्फोट भएको अमेरिकी टेलिभिजन सीबीएसको अनलाइन संस्करणले जनाएको छ ।

साउथ अष्टिनको वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको फक्स न्युजले जनाएको छ । विस्फोटमा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विस्फोट भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता शिकागो सहरकी मेयर लोरी लाइटफुटले यस घटनामा खटिएका खोजी तथा उद्धारकर्मी, अग्नि नियन्त्रक एवम् सुरक्षाकर्मीलाई धन्यवाद दिएकी छिन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ४२ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी