एकीकृत समाजवादी केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग « Khabarhub

एकीकृत समाजवादी केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाँईले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।

प्रेस चौतारी नेपाल रूपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

नेकपा एकीकृत समाजवादीमा बसेर कांग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको कांग्रेसको कार्यकर्ता बन्नु हो, त्यो बाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठाने,’ उनले भने ।

चापागाँईले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै देशको सच्चा कम्युनिस्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए । ‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारिपूर्वक फर्किएको छ र बाँकी जीवन एमालेमै रहेर बिताउँछु’ उनले भने । उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकैठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरू पुरानो पार्टीमा फर्किने पनि बताए ।

बैठकमा प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्यद्वय नवराज कुँवर, अमृता अनमोल, सल्लाहकारद्वय शेरबहादुर केसी दिनेश पाण्डे, प्रदेश महासचिव निरू गौतम, प्रचार विभाग रूपन्देहीका सचिव नरेश केसी लगायतले पनि सम्बोधन गरेका थिए ।

बैठकले आउँदै गरेको विजयादशमी, तिहार, छठ एवं नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सङ्गठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ५२ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको