‘बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन’  « Khabarhub

‘बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन’ 


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताएका छन् । लिगलिग पालुङटार उद्योग वाणिज्य संघ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आजदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पुर्‍याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताए ।

‘हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ’, उनले भने, ‘उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पुर्‍याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।’ अर्थमन्त्री शर्माले त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उनको भनाइ छ । अर्थमन्त्री शर्माले विकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताए ।

उनले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पुर्‍याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गरे ।

संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उनले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताए । 

अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताए । ‘लिगलिगकोट नाम मात्र नभएर एउटा इतिहास बोकेको स्थल पनि हो, यहाँको छुट्टै संस्कृति छ र परम्परा छ’, उनले भने, ‘त्यो राजनीतिक प्रकृतिको पनि भएकाले यसको छुट्टै विरासत छ ।’

उनले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ३३ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण