नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज | Khabarhub Khabarhub

नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।  बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । 

संसद्का दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसद्को दुवै सदनले परिमार्जन नगरी हतार प्रमाणिकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ४८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ