पुटिनले आंशिक सैन्य परिचालको घोषणा गरेसँगै रुस छाड्नेको घुइँचो « Khabarhub

पुटिनले आंशिक सैन्य परिचालको घोषणा गरेसँगै रुस छाड्नेको घुइँचो


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगका लागि आंशिक सैन्य परिचालन गर्ने घोषणा गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको पाइएको छ ।

यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको विमान सेवा प्रदायक र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ ।

पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् ।

रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, “रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।”

सर्बियाली राजधानी बेलग्रेडको लागि एयरसर्बियाको अर्को उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ ।

गुगलको तथ्याङ्कअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६ बजेपछि दोब्बरभन्दा बढी भएको छ ।

‘रुस छोड्न’ खाेजीमा सामान्य समयको तुलनामा बिहानको समयमा १०० गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्याङ्कले देखाएको छ ।

पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५७ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन