पुटिनले आंशिक सैन्य परिचालको घोषणा गरेसँगै रुस छाड्नेको घुइँचो « Khabarhub

पुटिनले आंशिक सैन्य परिचालको घोषणा गरेसँगै रुस छाड्नेको घुइँचो


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगका लागि आंशिक सैन्य परिचालन गर्ने घोषणा गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको पाइएको छ ।

यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको विमान सेवा प्रदायक र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ ।

पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् ।

रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, “रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।”

सर्बियाली राजधानी बेलग्रेडको लागि एयरसर्बियाको अर्को उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ ।

गुगलको तथ्याङ्कअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६ बजेपछि दोब्बरभन्दा बढी भएको छ ।

‘रुस छोड्न’ खाेजीमा सामान्य समयको तुलनामा बिहानको समयमा १०० गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्याङ्कले देखाएको छ ।

पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५७ बजे

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध