आगामी निर्वाचन : उम्मेदवार भोट माग्दै खेतबारीमा | Khabarhub Khabarhub

आगामी निर्वाचन : उम्मेदवार भोट माग्दै खेतबारीमा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेनी – जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन् । म्याग्दीमा सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्वुजासहित प्रदेशसभा (क)का उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख)का उम्मेदवार रेशम जुग्जाली निर्वाचन प्रचार–प्रसारको टोली लिएर घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा (क)अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा कांग्रेसका गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहेका छन् । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले बताए ।

गठबन्धनको तर्फबाट प्रदेशसभा (ख)का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरी अभियानको सुरुआत गरेको टोलीले धवलागिरिको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो। टोलीमा प्रदेशसभा (ख) का संयुक्त निर्वाचन प्रचार–प्रसार समितिका संयोजक टङ्कप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागी छन् ।

एमालेको घरदैलो 

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुगेर मतदातासमक्ष भेटघाट सुरु गरेका छन् ।

एमालेको यस टोलीले रघुगङ्गा–८, कुइनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेशनल मङ्गोल अर्गनाइजेशनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूलेसमेत घरदैलो अभियान चलाएका छन् ।

मतदाता शिक्षा कार्यक्रम कहिले?

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ । दलहरूले प्रचार–प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क)मा पाँच र (ख)मा छ उम्मेदवार बनेका छन् ।

-रासस

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ४९ बजे

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ

काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी

एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल

काठमाडौं – प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा

प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे

काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ

काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट

विराटनगर – प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले