धानबालीमा किराको प्रकोप « Khabarhub

धानबालीमा किराको प्रकोप


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरू चिन्तित बनेका हुन् ।

बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको बताए ।  

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ ।

रैथाने धानको बिउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका स्थानमा भन्दा आयातित विकासे बिउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगका कारण यसवर्षको धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ । 

रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायतका बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा पनि गवारो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको म्याग्दीका  कृषक चन्द्रबहादुर कार्कीले बताए ।

गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

म्याग्दीमा गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिक टन धान उत्पादन भएको थियो  

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ३० बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला