रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन इरानले आफ्ना सैनिक क्राइमिया पठाएको अमेरिकी आरोप « Khabarhub

रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन इरानले आफ्ना सैनिक क्राइमिया पठाएको अमेरिकी आरोप


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन इराननबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ ।

रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेका राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् ।

इरानमा निर्मित ड्रोन युक्रेनभर जारी आक्रमणमा प्रयोग गर्न रूसी सेनाका जवानलाई प्रशिक्षण दिन इरानी सेनाका अधिकारी क्राइमिया सक्रिय रहेका तथा युक्रेनविरूद्ध इरानको संलग्नताले इरान रूस–युक्रेन द्वन्द्वमा प्रत्यक्षरूपमा सक्रिय रहेको पुष्टि हुने उनले बताए ।

इरानी सैन्य कर्मचारी क्रिमियाको भूमिमा पुगेका तथा ड्रोन आक्रमणमा रूसी सेनालाई सघाएका बताउँदै उनले रुसले ड्रोन प्राप्त गरिसकेको जनाएका छन् । इरानबाट भविष्यमा यस्ता ड्रोनको थप ढुवानी हुने पनि उनले बताए ।

ड्रोनको प्रयोग नजानेका रूसी सेनालाई सघाएर इरानले अमेरिकासँगको आणविक सम्झौता वार्तालाई अनिश्चितातर्फ धकेलेको छ । रूसी सेनासँगको उसको बढ्दो सम्बन्धलाई पनि अमेरिकाले अस्वाभाविक रूपमा लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : १७ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा