नाइजेरियामा सुरक्षा कारवाहीमा परी ३१ बोको हराम लडाकुको मृत्यु « Khabarhub

नाइजेरियामा सुरक्षा कारवाहीमा परी ३१ बोको हराम लडाकुको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।

ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकुहरुमाथि कारवाही गरेका हुन् । सो कारवाहीका क्रममा अरु ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार मुलुकको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा त्यहाँका सम्पूर्ण सुरक्षा निकायले कारवाही प्रक्रियालाई अघि बढाएको बताइएको हो ।

यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नामक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ४५ बजे

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो

जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

फुङ्लिङ– जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का