रेडक्रसलाई नगरपालिकाद्वारा एम्बुलेन्स सहयोग « Khabarhub

रेडक्रसलाई नगरपालिकाद्वारा एम्बुलेन्स सहयोग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो ।

 नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताउँदै विपत्‌मा परेका तथा बिरामीलाई सहजरूपमा अस्पतालसम्म पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको बताए ।

रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रस र नगरपालिकाको साझेदारीमा खरिद गरिएको एम्बुलेन्सले दुर्गममा बसोबास गर्ने नागरिकलाई स्वास्थ्योपचारमा सहज सेवा दिने बताए ।

गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रसलाई एक एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो । पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालनमा ल्याएको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन