एमालेलाई सरकारमा जान कसैले रोक्दैन : ओली « Khabarhub

एमालेलाई सरकारमा जान कसैले रोक्दैन : ओली


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन् ।

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे । ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे । उनले अरुजस्तो फ्रि भिसा फ्रि टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने बाचा गरेको बताए । अहिले जनतालाई अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उनको भनाई छ ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : १० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको