संकटमा बेलायतको कन्जरभेटिभ पार्टी : प्रधानमन्त्रीमा बोरिस जोन्सनको पुनरागमन ? « Khabarhub

संकटमा बेलायतको कन्जरभेटिभ पार्टी : प्रधानमन्त्रीमा बोरिस जोन्सनको पुनरागमन ?


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा पूर्व प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्रीको दौडमा आउने भएका छन् । बिहीबारमात्रै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका रुपमा नयाँ नेताको चयन गर्दैछ ।

कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्रीको टुङ्गो यसै साता लगाउने अपेक्षा गरिएको छ । यसका लागि बोरिस जोन्सनले पनि उम्मेदवारी दिने कन्जरभेटिभ पार्टीका नेताहरुको अपेक्षा छ ।

तीन महिनाअघि राजीनामा दिएका पूर्वप्रधानमन्त्री जोन्सन क्यारेबियन क्षेत्रको डोमिनिकन गणतन्त्रमा छुट्टीमा रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि उनी चाँडै स्वदेश फर्किने पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षा नरहेको भन्दै जोन्सनलाई समर्थन गर्ने सङ्केत गरेका थिए ।

‘अहिले, म बोरिस जोन्सनको पक्षमा खुल्दैछु’ उनले सञ्चारकर्मीहरूलाई भने, ‘जोन्सन – जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो । उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ५३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र