जनताले अग्रगमनको पक्षमा मतदान गर्नेछन् : माधव नेपाल « Khabarhub

जनताले अग्रगमनको पक्षमा मतदान गर्नेछन् : माधव नेपाल


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताए । अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् ।’

दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उनले बताए ।

‘एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी कलम चुनाव चिह्न लिएर यहाँहरूमाझ आएका छौँ’, उनले भने ।

अध्यक्ष नेपालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने उल्लेख गरेका छन्। सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचार र कुशासनलाई न्यूनीकरण गर्न नसकिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको विज्ञप्तिमा बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको