सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्र बनाइन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्र बनाइन्छ : मन्त्री श्रेष्ठ


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको नमूनायुक्त सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

निर्वाचन परिचालन समितिले काठमाडौँको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस निर्वाचन क्षेत्रमा विभिन्न जात्रा पर्वका संस्कृतिका साथै प्राचीन सम्पदास्थल रहेकाले त्यसको गहन अध्ययनस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताए।

आसन्न निर्वाचनमा त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाको संरक्षण र पर्यटकीयस्थल ह्वाइट गुम्बा वरपर पूर्वाधार विकास गरी यस क्षेत्रलाई मुलुकको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताउँदै उहाँले स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदालाई विश्वमा चिनाइने बताए । दुवै विश्व सम्पदाबीचको दुरीमा रहेका स्थानीय सम्पदाको पहिचान र संरक्षणबाट उक्त क्षेत्र सांस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत आयआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन