व्यावसायिक फूल खेतीमा रमाउँदै किसान « Khabarhub

व्यावसायिक फूल खेतीमा रमाउँदै किसान


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – बारीभरि ढकमक्क फूल फुलेका छन् । नजिकिएको तिहारका लागि फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पँगेनीले घोराही उपमहानगर–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको बारीमा देखिएको दृश्य हो यो ।

कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिरहेका पँगेनीले गत वर्षदेखि दाङमा फूल खेतीको शाखा विस्तार गरेका छन् । दाङमा १० कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा फूल खेती गरेका छन्। गत वर्ष पाँच कट्ठामा व्यावसायिक फूल खेती गरेका पँगेनीले यो वर्ष १० कट्ठामा फूल खेती गर्नुभएको छ । उनले कर्म ५५५ जातको सयपत्री फूल खेती गरेका छन्

स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीउ किनेर खेती सुरु गरेको उनको भनाइ छ । ‘फूलका बिरुवा बिक्री गरेर बीउको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो’, उनले भने । बीउ राखेको १३ दिनमा बिरुवा सार्न तयार हुन्छ । राम्रो एउटा बिरुवाबाट एक सय ५० देखि दुई सय वटासम्म फूल फुल्ने उनले बताए ।

करिब १० हजार माला बिक्री गर्ने लक्ष्यका साथ फूल रोपिएको पँगेनीको भनाइ छ । आठ हजार माला दाङमा अर्डर आएको छ । दुई हजार माला उनिसकेको छ । पाँच क्विन्टल फूल टिपिसकिएको उनले बताए। प्रतिकिलो रु पाँच सयमा बिक्री गर्ने गरेको र खुल्लामा रु दुई सयदेखि दुई सय ५० सम्ममा माला बिक्री गर्ने गरेको उनले बताए ।

अहिले जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकतामा जिल्लाभित्रलाई दिएको उनले बताए। माग धेरै आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उनले जानकारी दिए । स्थानीय महिलालाई फूलका माला उन्न उनले रोजगारीसमेत दिएका छन् । एउटा माला उनेबापत रु पाँच दिने गरेको उनले बताए ।

भारतीय फूलको मालाले स्वदेशी उत्पादनलाई विस्थापित गरेको छ । बाहिरी देशबाट आउने फूलमा प्रतिबन्ध गर्ने हो भने मात्रै स्वदेशी उत्पादनले कमाइ गर्छ । बजारीकरणको व्यवस्था, सहुलियत कृषि बीमा र भारतबाट भित्रिने फूल र प्लास्टिकको फूललाई सरकारले प्रतिबन्ध गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने कृषिमा भविष्य राम्रो भएको उनले बताए । दाङमा किसानले उत्पादन गरेको वस्तु भण्डारणका लागि व्यवस्थित कोल्डस्टोरको अभाव रहेको पँगेनीको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : २७ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै