दैनिक व्यायाम गर्दा हड्डी खिइने समस्या कम हुन्छ | Khabarhub Khabarhub

दैनिक व्यायाम गर्दा हड्डी खिइने समस्या कम हुन्छ

‘उमेर बढ्दै जाँदा हड्डी खिइँदै जाने हुन्छ’



चिसो मौसम बढेसँगै उमेर बढ्दै जाँदा वृद्धवृद्धामा हड्डी खिइने समस्या बढ्दै गएको छ । वर्षेनी हड्डी खिएर अस्पताल जाने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । यसै विषयमा आधारित भएर अर्थाेपेडिक सर्जन डाक्टर सरोजकृष्ण श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

उमेर बढ्दै जाँदा बुढाबुढीमा हड्डी खिइने समस्यालाई हामीले कसरी बुझ्ने ?
मान्छेको २० देखि २२ वर्षमा हड्डी बन्छ। त्यो बिस्तारै खिइँदै जान्छ । नेपालमा हड्डी खिइने समस्या खानपान, महिलाहरूमा महिनावारी रोकिए पछि खिइँदै जान्छ। हामीले एक्स–रे गरेर हेर्छौँ र हड्डी खिएको पाउँछौँ । कसैको दुर्घटना हुन्छ र पछि गएर त्यही हड्डी खिइन सक्छ । सयौँ कारणहरू छन् हड्डी खिइने,सुरुमा राम्रो औषधिहरू आएको छन् । सुरुमा कुरकुरे हड्डी खिइन्छ । अनि मात्र दुख्छ त्यो बेला मात्र बिरामीहरू अस्पताल आउनु हुन्छ । त्यसैले मानिसहरू हड्डी खिए पछि मात्र आउँछन् ।

घरमा नै बसेर अब हड्डी खिइँदै छ भनेर थाहा पाउन नसकिने हो ?
हड्डी खिइन सुरु भए कुरकुरे हड्डी खिइन थाल्छ, पलेटी मारेर बस्दा, जुता राम्रो भएन भने,निहुरेर काम गर्ने गर्दा हड्डी खिइँदै जान्छ ।

भाँचिएको हड्डीलाई जोड्ने हो कि के हो ?
भाँचिएको हड्डीलाई जोड्दा पहिलाको जस्तो हुँदैन । विदेश तिर महिलाहरूमा आफ्टर ४०, आफ्टर ५०, आफ्टर ६० भन्ने क्याल्सियम आउँछ त्यसले जोर्नी र हड्डीलाई बलियो बनाउँछ । आजकल कृत्रिम जोर्नीको पनि प्रयोग गरिछ त्यसले मान्छेलाई हिँड्न सजिलो बनाउँछ । मान्छेको लाइफ सहज बनाउने गर्छ ।

यसरी उपचार गर्दा महँगो पर्छ कि ?
विदेशमा एउटा ट्रान्सप्लान्ट गर्दा नेपाली २० देखि २५ लाख पर्न आउँछ । तर नेपालमा त्यो ३ देखि ४ लाखमा हुन्छ । त्यो अहिले भारतमा पनि बनेको छ । विदेशी इम्प्लान राख्दा अलि महँगो पर्ने हो । भारतमा पनि बनेको हुँदा नि जोड्दा ३ देखि ४ लाख रुपैयाँ पर्छ । त्यसै गरी हिप ज्वाइनको पनि धेरै सस्तो भएको छ ।

कृत्रिम जोर्नी राख्दा पहिलाको जसरी नै काम गर्दछ त ?
गर्छ, तर अलिकति होसियार हुनु पर्दछ । हिप ज्वाइन गरेको छ भने सुरुमा हिँड्न गार्हाे हुन्छ पछि पछि ठिक हुन्छ । मान्छेहरू अब मलाई भयो भनेर जे पनि गर्याे भने त्यो प्लाष्टिकको सामान हो, त्यसमा खिया लाग्न सक्छ । त्यो राखेको सधैँलाई हैन पछि फेर्नु पर्ने हुन्छ । धेरै जसो कृत्रिम जोर्नीको अवधि १० देखि १५ वर्षको अवधि हुन्छ ।

यसरी राख्दा जोखिम कत्तिको हुन्छ ?
जोखिम भनेको सबै अप्रेसनमा हुन्छ ।

उमेर बढ्दै जाँदा यस्तो समस्या देखिँदै छ भने घरमा नै बसेर के गर्ने त ?
उमेर अनुसारको हड्डी खिइँदै जाने हो । त्यसको लागि क्याल्सियम खाने, वर्षमा एक पटक जाँच गर्ने ,दैनिक रूपमा व्यायाम गर्ने,आफूलाई जसरी सजिलो हुन्छ त्यसरी व्यायाम गर्ने, दुख्न नदिने गर्नुपर्छ ।

हड्डी खिएर उपचार गराइरहनु भएकोले पनि गर्ने योगा गर्दा हुन्छ ?
१२ वर्ष देखि ९० वर्ष सम्मकोले गर्दा हुन्छ । योगा नेपालले बनाएको हो तर यो विदेशमा गएर मोडिफाई गरेर थेरापी भने । दैनिक रूपमा ५ देखि १५ मिनेट गर्दा धेरै दुख्ने समस्या कम हुँदै जान्छ ।

कस्तो अवस्थामा औषधि नै खाने त ?
धेरै दुख्यो भने औषधि नै खाने हो, योगा गर्दा पनि पछाडिको दुखाइको लागि हामीले औषधि दिन्छौँ र त्यो व्यायाम गर्दै जाँदा दुखाइ कम हुँदै जान्छ र औषधि नखाए पनि हुन्छ ।

पहिला नै समस्या नआओस् भनेर के-के कुरामा ध्यान दिने त ?
दुख्यो भने अस्पताल आयो तर व्यायाम सिकायो विस्तारै त्यो दुखाइ कम हुँदै जान्छ र त्यो पछि फेरि समस्या बल्झिएर आउनु हुन्छ । त्यसैले प्रत्येक वर्ष स्वास्थ्य जाँच गर्ने,डाक्टरले १० दिन खानु भनेर धेरै औषधि दिँदा त्यो औषधि मान्छेले बर्षौ सम्म खान्छन् र आउँछन् त्यसले पछि धेरै असर गर्दछ त्यसैले डाक्टरहरूले पनि चाहिने भन्दा धेरै औषधि नदिने त्यसले गर्दा बिरामीहरू छिटो छिटो अस्पताल आउँछन् । डाक्टरको सल्लाह अनुसार औषधि खाने, व्यायाम गर्ने,योगा गर्ने,खानपान राम्रो र सफा खाने गर्दा यो हड्डी खिइने समस्याको हल हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४४ बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो