भक्तपुरमा मत गणना सुरु « Khabarhub

भक्तपुरमा मत गणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ।

भक्तपुर क्षेत्र नम्बर २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो।

आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो।

निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

जसमा क्षेत्र नम्बर १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनको भनाइ छ।

भक्तपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले)कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ।

भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।

कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिए। चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो।

निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन्। प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो।

भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : १५ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका