झापा-२ मा मतगणना सुरु « Khabarhub

झापा-२ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विर्तामोड – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि सुरु भएको छ।

सोमबार बिहान ३:३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका-११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए।

झापा- २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले जानकारी दिए।

करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनको भनाइ छ।

क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ५७ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ