कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता « Khabarhub

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ। प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन्।

उनले १ सय ६२ मत प्राप्त गरेका छन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन्।

अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ।

त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ। राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन्। ५ सय ४१ मत गणना हुदाँ १ सय ९९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका भिम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : १४ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्