कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता « Khabarhub

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ। प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन्।

उनले १ सय ६२ मत प्राप्त गरेका छन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन्।

अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ।

त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ। राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन्। ५ सय ४१ मत गणना हुदाँ १ सय ९९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका भिम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : १४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ