झापा क्षेत्र नम्बर ३ र ५ को मतगणना आरम्भ हुँदै « Khabarhub

झापा क्षेत्र नम्बर ३ र ५ को मतगणना आरम्भ हुँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विर्तामोड- आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ।

झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३:३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ शुरु हुनेछ।

क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ। कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ।

निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नम्बर ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : २७ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ