विश्व इतिहासमा आजका दिन भएका मुख्य घटना « Khabarhub

विश्व इतिहासमा आजका दिन भएका मुख्य घटना


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २१ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटना :

पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला
सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो । मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फोटको घटनामा अमेरिकासमेत संलग्न रहेको आरोप लगाउँदै समूहले अमेरिकी दूतावासमा हमला गरेको हो । आगलागीबाट दूतावास भवनमा क्षति पुगेको थियो ।

संसारको लमो सस्पेन्सन ब्रिज
सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुला गरिएको थियो । न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो । सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो ।

चीन र भारतबीचको युद्ध अन्त्य
सीमा विवादलाई लिएर एशियाका शक्तिशाली दुई देश भारत र चीनबीच बारम्बार युद्ध गरेका छन् । त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो । सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि आजकै दिन समाप्त भएको थियो । चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेको थियो ।

आयरल्यान्डको ब्लडी सन्डे
सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद र स्मरणीय घटना भएको थियो । ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी (आइआरए) ३० जनाको हत्या गरिदिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४९ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको