कास्की क्षेत्र नं ३ : मतगणना सुरु गरिँदै « Khabarhub

कास्की क्षेत्र नं ३ : मतगणना सुरु गरिँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ।

यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिए। उनका अनुसार सो क्षेत्रको सबै एक सय १९ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएर मुख्य निर्वाचन अधिकृतको जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरिएको छ।

प्रतिनिधिसभामा सो क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ। कास्की ३ मा प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन्।

यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार छन्।

यसैगरी प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३ (२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं २ को गणना सुरु भएको छ भने क्षेत्र नं १ को गणनाका लागि तयारी गरिएको छ। जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्