पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै « Khabarhub

पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए। करिब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ।

जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१ मतपत्र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो।

जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन्।

यसका लागि बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : वामदेव गौतम

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

युएनआरडब्लुएका लागि राजनीतिक र आर्थिक सहयोग बढाउन प्यालेस्टिनी राजदूतको आह्वान

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम