पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै « Khabarhub

पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए। करिब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ।

जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१ मतपत्र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो।

जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन्।

यसका लागि बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि