को हुन् मुस्ताङबाट कांग्रेसको खाता खोल्ने गौचन ? « Khabarhub

को हुन् मुस्ताङबाट कांग्रेसको खाता खोल्ने गौचन ?

पर्यटन तथा होटल व्यवसायसँगै राजनीतिमा फड्को


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगेश गौचन थकालीले प्रतिनिधिसभा चुनावमा पहिलो जित निकालेका छन् । गौचनले ३ हजार ९९२ मत ल्याएर जित निकालेका हुन् । २९ वर्षीय गौचनले नेकपा एमालेका उम्मेद्वार प्रेमप्रकाश तुलाचनलाई पराजित गर्दै युवापुस्ताको प्रतिनिधित्व गराउँदै कांग्रेसको जित दिलाएको चर्चा छ । तुलाचनले ३ हजार ७८ मत ल्याए ।

२९ वर्षीय गौचन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका हुन् । उनी कांग्रेसकै कान्छा उम्मेद्वार तथा प्रतिनिधिसभाकै कान्छा सांसद हुने सम्भावना बढ्दो छ ।

होटल व्यवसायबाट पर्यटनमा जोडिएका थकालीले राजनीति र व्यवसाय सँगसँगै अगाडि बढाएका थिए । विद्यार्थी राजनीतिदेखि कांग्रेसको महासमिति सदस्य भएपछि गौचनले राजनीति उकालो चढेका हुन् ।

गण्डकी प्रदेश कार्यसमिति सदस्य रहेका गौचन पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । बुवाकै कारण उनको राजनीतिले पनि चर्चा र सफलता पाएको हो । कांग्रेसका पूराना नेता रोमी मुस्ताङबाट कांग्रेसवृत्तमा चर्चित नेता मानिन्छन् । सोही कारण उनी मन्त्री समेत भएका थिए ।

मुस्ताङमा युवा उम्मेद्वार गौचनको जितले राजनीतिमा युवा पुस्ताको आकर्षण र सम्भावना बढाएको पनि देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ३६ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका