हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै « Khabarhub

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हुम्लाको नाम्खा गाउँपालिका- ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन्।

लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो।

जिल्लाका ५९ वटा मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्वदलीय बैठक बसेर सम्भवत मतपेटीका पैदलै ल्याउने निर्णय हुन सक्ने बताइन्। आजै हिडेपछि भोलि बेलुकासम्म सिमकोट आईपुग्ने प्रजिअ परियारको भनाइ छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ५० बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण