ठूला पार्टीलाई तर्साउँदै नयाँ पार्टीको उभार | Khabarhub Khabarhub

प्रारम्भिक विश्लेषण

ठूला पार्टीलाई तर्साउँदै नयाँ पार्टीको उभार

राजनीतिक सिण्डिकेट तोड्दै युवा उम्मेद्वारको बर्चश्व


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम निर्वाचनको २०७९ को प्रारम्भिक मतपरिणाम हेर्दा नयाँ पार्टीहरूको उभार देखिएको छ । खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको उभार नै आएको छ ।

काठमाडौँ उपत्यकामा स्वतन्त्र पार्टीका उम्मेदवारले अनपेक्षित रुपमा अग्रता लिएका छन् । आइतबार बेलुकीसम्म रवि लामिछाने, तोसिमा कार्कीले राम्रो मत ल्याउने अपेक्षा गरिएकोमा सोमबारदेखिको मतगणनामा स्वतन्त्र पार्टीका धेरै उम्मेदवारको अग्रता देखिएको छ ।

काठमाडौँमा स्वतन्त्र पार्टीबाट शिशिर खनाल, तोसिमा कार्की, विराजभक्त श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् । ललितपुर ३ बाट तोसिमाले जित्ने सम्भावना बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् । यस्तै पुकार बम, शोविता गौमले पनि राम्रै मत ल्याउने अपेक्षा गरिएको छ ।

प्रारम्भिक चरणको अग्रताले नै युवा तथा स्वतन्त्र पार्टीका उम्मेद्वारबाट सत्ता गठबन्धन र एमाले उम्मेद्वार तर्सिएका छन् । वर्षौदेखि राजनीतिक सिण्डिकेट लादिरहेका राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट विरक्तिएका जनताले यसपटक स्वतन्त्र पार्टी र युवा उम्मेद्वारलाई प्रमुख रोजाईमा राखेको देखिएको छ ।

उनीहरूले आवश्यकतालाई सम्बोधन गरेर मत हालेका हुन् वा ठूला राजनीतिक पार्टीको मनोमानी खेप्न नसकेर हो ? त्यो समयले बताउँला । तर रवि लामिछाने, सुमन सायमी जस्ता युवा उम्मेदवारका कारण यतिबेला ठूला पार्टीका ठूला नेता नराम्ररी झस्किएका छन् ।

प्रारम्भिक चरणमा स्वतन्त्र र युवा उम्मेदवारले अग्रता लिएपनि ठूला पार्टीकै उम्मेदवारले बहुमत ल्याउने सम्भावना छ । तर यसपटक उदाएका लौरो अभियानबाट हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक राम्रै प्रभाव छाडेका छन् ।

रविको पार्टीबाट दर्जन बढी ठाउँमा घण्टी उम्मेदवारले सम्भावना देखिएको छ । यस्तै लौरो अभियानका पनि केही उम्मेदवारले राम्रै प्रभाव जमाएका छन् । काठमाडौँ ८ बाट उठेका लौरो अभियानका संयोजक सुमन सायमी र घण्टीका उम्मेद्वार विराजभक्त श्रेष्ठ कडा प्रतिष्पर्धामा छन् ।

यसले पनि उपत्यकामै स्वतन्त्र पार्टीको अग्रता धेरै राम्रोसँग अगाडि बढिरहेको छ । काठमाडौँ लगायत विभिन्न सहरमा पनि घण्टीका उम्मेद्वारले राम्रै मत ल्याइरहेका छन् । यसले अबको नेपाली राजनीतिको कोर्स परिवर्तन गर्ने संकेत मिलेको देखिन्छ ।

ठूला पार्टीका नेताहरूले टिकट किन्ने र मतदातालाई प्रलोभनमा पारेर चुनाव जित्ने रणनीति बदल्न नसक्दा मतदाताले यसपटक आफ्नो विवेक प्रयोग गरेको देखिएको छ । स्थानीय तहको चुनावमा नै बालेन शाहजस्ता उम्मेदवारलाई मेयर बनाउँदा काठमाडौँका जनताले यसपटक केही बदलाव खोजिरहेको प्रस्ट संकेत थियो ।

तर ठूला दलले मनोमानी रुपमा पार्टीकै र गुटकै नेताहरूलाई उम्मेद्वार बनाउँदा यसपटक राम्रै धक्का पाउने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ४३ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल