ठूला पार्टीलाई तर्साउँदै नयाँ पार्टीको उभार « Khabarhub

प्रारम्भिक विश्लेषण

ठूला पार्टीलाई तर्साउँदै नयाँ पार्टीको उभार

राजनीतिक सिण्डिकेट तोड्दै युवा उम्मेद्वारको बर्चश्व


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम निर्वाचनको २०७९ को प्रारम्भिक मतपरिणाम हेर्दा नयाँ पार्टीहरूको उभार देखिएको छ । खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको उभार नै आएको छ ।

काठमाडौँ उपत्यकामा स्वतन्त्र पार्टीका उम्मेदवारले अनपेक्षित रुपमा अग्रता लिएका छन् । आइतबार बेलुकीसम्म रवि लामिछाने, तोसिमा कार्कीले राम्रो मत ल्याउने अपेक्षा गरिएकोमा सोमबारदेखिको मतगणनामा स्वतन्त्र पार्टीका धेरै उम्मेदवारको अग्रता देखिएको छ ।

काठमाडौँमा स्वतन्त्र पार्टीबाट शिशिर खनाल, तोसिमा कार्की, विराजभक्त श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् । ललितपुर ३ बाट तोसिमाले जित्ने सम्भावना बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् । यस्तै पुकार बम, शोविता गौमले पनि राम्रै मत ल्याउने अपेक्षा गरिएको छ ।

प्रारम्भिक चरणको अग्रताले नै युवा तथा स्वतन्त्र पार्टीका उम्मेद्वारबाट सत्ता गठबन्धन र एमाले उम्मेद्वार तर्सिएका छन् । वर्षौदेखि राजनीतिक सिण्डिकेट लादिरहेका राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट विरक्तिएका जनताले यसपटक स्वतन्त्र पार्टी र युवा उम्मेद्वारलाई प्रमुख रोजाईमा राखेको देखिएको छ ।

उनीहरूले आवश्यकतालाई सम्बोधन गरेर मत हालेका हुन् वा ठूला राजनीतिक पार्टीको मनोमानी खेप्न नसकेर हो ? त्यो समयले बताउँला । तर रवि लामिछाने, सुमन सायमी जस्ता युवा उम्मेदवारका कारण यतिबेला ठूला पार्टीका ठूला नेता नराम्ररी झस्किएका छन् ।

प्रारम्भिक चरणमा स्वतन्त्र र युवा उम्मेदवारले अग्रता लिएपनि ठूला पार्टीकै उम्मेदवारले बहुमत ल्याउने सम्भावना छ । तर यसपटक उदाएका लौरो अभियानबाट हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक राम्रै प्रभाव छाडेका छन् ।

रविको पार्टीबाट दर्जन बढी ठाउँमा घण्टी उम्मेदवारले सम्भावना देखिएको छ । यस्तै लौरो अभियानका पनि केही उम्मेदवारले राम्रै प्रभाव जमाएका छन् । काठमाडौँ ८ बाट उठेका लौरो अभियानका संयोजक सुमन सायमी र घण्टीका उम्मेद्वार विराजभक्त श्रेष्ठ कडा प्रतिष्पर्धामा छन् ।

यसले पनि उपत्यकामै स्वतन्त्र पार्टीको अग्रता धेरै राम्रोसँग अगाडि बढिरहेको छ । काठमाडौँ लगायत विभिन्न सहरमा पनि घण्टीका उम्मेद्वारले राम्रै मत ल्याइरहेका छन् । यसले अबको नेपाली राजनीतिको कोर्स परिवर्तन गर्ने संकेत मिलेको देखिन्छ ।

ठूला पार्टीका नेताहरूले टिकट किन्ने र मतदातालाई प्रलोभनमा पारेर चुनाव जित्ने रणनीति बदल्न नसक्दा मतदाताले यसपटक आफ्नो विवेक प्रयोग गरेको देखिएको छ । स्थानीय तहको चुनावमा नै बालेन शाहजस्ता उम्मेदवारलाई मेयर बनाउँदा काठमाडौँका जनताले यसपटक केही बदलाव खोजिरहेको प्रस्ट संकेत थियो ।

तर ठूला दलले मनोमानी रुपमा पार्टीकै र गुटकै नेताहरूलाई उम्मेद्वार बनाउँदा यसपटक राम्रै धक्का पाउने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ४३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको