कञ्चनपुर ३ मा नेपाली कांग्रेसका रमेश लेखकलाई सुरुआती अग्रता « Khabarhub

कञ्चनपुर ३ मा नेपाली कांग्रेसका रमेश लेखकलाई सुरुआती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा पूर्वमन्त्री एवम् सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गरेका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गरेकी छिन् । प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४४ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको