बैतडीमा मतगणना जारी « Khabarhub

बैतडीमा मतगणना जारी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत  बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य आज अपराह्न साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन् । 

सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ । मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कूल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६  मत खसेको थियो । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको  बैतडीमा २२ जना चुनावी मैदानमा छन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४९ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई