जुम्लामा मतगणना सुरु « Khabarhub

जुम्लामा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा सुरु भएको छ । जिल्लाको कनकसुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। 

बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरकफरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गौतमले भने, ‘आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सहमति जनाउँदै निर्धारित समय भन्दा केही समय ढिलो गरी मतगणना भएको छ ।’ सबै मतगणना एकसाथ गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधि सहभागी हुनेछन । जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन । जिल्लामा एक सय छ  मतदान केन्द्र र ८३ मतदानस्थल र दुई अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : १४ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ