सप्तरी २ मा सीके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि « Khabarhub

सप्तरी २ मा सीके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अग्रता कायमै राखेका छन् ।डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै सप्तरी २ (क) मा जनमत पार्टीका सतिस सिंह ५ हजार ४ सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छन । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह २ हजार ६ सय २९ मत प्राप्त गरी दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल २ हजार १७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को (ख) मा जनमत पार्टीका महेश यादव ४ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले २ हजार ३ सय २५ मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव १ हजार ८ सय ९० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४१ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं