चिसोमा इन्फ्लुएन्जाको संक्रमणबाट कसरी बच्ने ? « Khabarhub

चिसोमा इन्फ्लुएन्जाको संक्रमणबाट कसरी बच्ने ?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाडो बढेसँगै इन्फ्लुएन्जाको संक्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुने गर्दछ ।

दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । अहिलेसम्म नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

इन्फ्लुएन्जाको लक्षण
यो भाइरस संक्रमण भएपछि बिरामीमा ज्वरो आउँछ । खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने र सिगान बग्ने हुन्छ ।

यस्तै जीउ दुख्ने, मांसपेशी दुख्ने र थकान महसुस जस्ता लक्षण पनि देखा पर्दछन् । थकान महसुस हुने जस्ता लक्षण पनि यो भाइरस संक्रमण हुँदा देखा पर्ने गर्छन् ।

इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । तर ज्वरो आउँदा यसले अझ बढी असर गर्ने हुन्छ । सबैभन्दा धेरै कमजोर गराउँछ ।

फ्लुबाट कसरी बच्ने ?

यो भाइरस संक्रमण बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्ने ।

खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने ।

सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने ।

शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने ।

बेलाबेलामा सावुनपानीले हात हुने ।

बारम्बार हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।

सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउने ।

(डा.शेरबहादुर पुनसँगको कुराकानीमा अधारित)

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : २९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा