कांग्रेस संसदीय दलको निर्वाचन आज : सभापति र महामन्त्रीको प्रतिस्पर्धा « Khabarhub

कांग्रेस संसदीय दलको निर्वाचन आज : सभापति र महामन्त्रीको प्रतिस्पर्धा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।

सभापति देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहनुभएको छ।

दलको नेतामा सभापति देउवासँग कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रतिस्पर्धा गर्न लागेका हुन्। थापालाई पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै नेताहरु शेखर कोइराला, प्रदीप पौडेललगायतको साथ रहेको छ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज (बुधबार) बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ६ : १२ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो